८ चैत्र २०७९, बुधबार
राजनीति

सीके राउत नेतृत्व गठबन्धनको बैठक आज बस्दै, नयाँ रणनीति बनाउने तयारी

प्रकाशित मिति :  ३ चैत्र २०७५, आईतवार ०७:२१


काठमाडौं । राष्ट्रिय अखण्डतामा कायम रहने सरकारसँग भएको सम्झौतापछि ‘स्वतन्त्र मधेस गठबन्धन’ को अगामी रणनीति तय गर्न आजदेखि दुई दिने बैठक बस्दैछ।

यसअघि चैत ४ र ५ गतेका राष्ट्रिय परिषद् बैठक हुने भनिएपनि बैठक आजदेखि नै सुरु हुने भएको हो। बैठक सिरहाको लहानमा हुने गठबन्धनका संयोजक सीके राउतका सहयोगी सत्यनारायण मण्डलले जानकारी दिए।

बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौताबारे छलफल हुनेछ। बैठकमा गठबन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका सबै जिल्लाका जिल्ला संगठन संयोजक लगायतका नेताहरु सहभागी हुने गठबन्धनका केन्द्रीय सहजकर्ता चन्दन सिंहले जानकारी दिए।

गठबन्धनको तदर्थ समिति संयोजकमा सीके राउत, सहसंयोजकमा कैलाश महतो, प्रवक्तामा अब्दुल खान, सहजकर्तामा चन्दन सिंह र दिपक शाह रहेका छन्। सरकारसँग ११ बुँदे सहमति भएपछि रणनीति अनुसार नै गठबन्धनका नेताहरू मौन रहेको सिंहले बताए।

सरकारसँग भएको सहमति पछि जनकपुर आएका राउतको डेरामा दुई दिनसम्म उनका समर्थकहरुको केही भिडभाड देखिएपनि अचेल राउतको डेरा बाहिर सुनसान देखिन्छ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा