६ कार्तिक २०७८, शनिबार

बागमतीमा साढे चार अर्ब कुम्ल्याउने प्रपञ्चः नदी बगेको क्षेत्रको पनि मुआब्जा

प्रकाशित मिति :  ३ चैत्र २०७५, आईतवार ०७:३१


काठमाडौं । भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्ने गरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ ।

राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ । यही समितिअन्तर्गत बागमती विकास आयोजना सञ्चालित छ ।

मुआब्जा दिन सिफारिस गरिएको गोकर्णेश्वरदेखि गुह्येश्वारीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ । उक्त क्षेत्र काठमाडौं महानगपालिका वडा ६, ८ र ९ गोकर्णेश्वर र कागेश्वरी नगरपालिकामा पर्छ ।

नदीको दुवैतर्फ सडक निर्माण गर्दा मुआब्जा दिएको समितिले अहिले जग्गा नाप जाँच ऐन २०१९ र जग्गा नापजाँच निमावली २०५८ विपरीत मुआब्जा दिन सिफारिस गरेको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा