१४ चैत्र २०७९, मंगलवार
राजनीति

चैत्र १५ गते बाट जनसंघर्षका कार्यक्रमसहित राप्रपा आन्दोलनमा उत्रने

प्रकाशित मिति :  ३ चैत्र २०७५, आईतवार ०७:५६


काठमाडौं । हिन्दुराष्ट्र पुर्नस्थापना लगायतका माग राखेर आन्दोलनमा उत्रेको राप्रपाले चैत्र १५ गते बाट जनसंघर्षका कार्यक्रम शुरु गर्ने भएको छ । तीन चरणमा हुने जनसंघर्ष शान्तिपूर्ण र संबिधानको परिधिभित्र रहेर हुने सो पार्टीले जनाएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको विस्तारित बैठकले सरकार र सीके राउतबीच भएको सम्झौता अप्रत्याशित र रहस्यमय भएको ठहर गरेको छ।

तराईका केही जिल्लाहरुमा देश टुक्रयाउने गतिविधि गरि रहेको बिखण्डनकारी समूहसगको सम्झौताले आमजनतामा आशंका र चिन्ता पैदा गरेको समेत सो पार्टीले जनाएको छ ।

यस्तै,नेत्र बिक्रम चन्द “विप्लव” नेतृत्वको माओवादी समुहका गतिविधिलाई प्रतिवन्ध लगाउने नेपाल सरकारको निर्णय उपर्युक्त नभएको जिकिर गर्दै तत्काल वार्तामा बस्न दुवै पक्षलाई आग्रह गरेको छ।

हिंसा र आतंकबाट राजनीतिक परिवर्तन र कुनै पनि समस्याको समाधान हुन नसक्ने हुदा सरकारले पनि प्रतिबन्ध वा दमन होईन वार्ता र सहमतिबाट समस्याको निकास खोज्नु प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा