काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार आज सुनसरी र इटहरीका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन । प्रधानमन्त्री ओलीले दिउँसो मोरङको कटारी गाउँपालिकामा निर्माण गरिएको कृषि बजारको उदघाटन गर्ने कार्यक्रम छ ।
उनले नेकपाका प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउने कार्यक्रम समेत राखिएको छ । आजै उनले सुनसरीको बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।