८ चैत्र २०७९, बुधबार

उपेन्द्र भन्छन्, सिके राउतलाई मूलधारमा ल्याएर सरकार सफल, विप्लवलाई प्रतिबन्ध सही

प्रकाशित मिति :  ३ चैत्र २०७५, आईतवार १४:३२


मोरङ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले सिके राउतलाई मूलधारमा ल्याएर सरकार सफल भएको दाबी गरेका छन् ।

आईतबार विराटनगर एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले मुलुक विखण्डन गर्न खोज्ने समूहलाई मूलधारको राजनीतिमा ल्याएको भन्दै सरकार सफल भएको जिकिर गरे ।

उनले सिके राउतसँग भएको सम्झौतालाई गलत अर्थ लगाउन नहुने तर्क समेत गरे । उनले भने,‘तर, यहाँ सरकार र राउतबीच भएको सहमतिलाई गलत अर्थ लगाउन खोजिएको छ।’

त्यस्तै, उनले शान्ती सुरक्षा खलबलाउन खोज्ने विप्लव समूहलाई प्रतिवन्ध लगाएर सरकारले आफ्नो दायित्व पूरा गरेको टिप्पणी गरेका छन् ।

यादवले भने,‘ जनताको जीउधनको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले कानून विपरीत हुने जुुनसुकै काम सरकारले निषेध गर्छौं ।’


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा