काठमाडौं । भूमिसुधारमन्त्री पद्मा अर्यालले आइतबार कलंकीस्थित मालपोत कार्यालयमा छड्के अनुगमन गरेकी छिन् । सेवा ग्राहीको व्यापक गुनासो आएपछि मन्त्री अर्यालले अनुगमन गरेकी हुन् ।
अनुगमन पश्चात पत्रकारहरु सँग बोल्दै मन्त्री अर्यालले कलंकी मालपोत कार्यालय डिजिटल प्रणालीमा लैजान हाल तयारी भइरहेको बताइन् ।
देशभरीका मालपोत र नापी कार्यालय डिजिटल बनाउने मन्त्रालयको तयारी छ । त्यसको सुरुवात कलंकी मालपोत कार्यालयबाट हुन लागेको छ । हाल कलंकी मालपोत कार्यालयमा पुराना दस्तावेजलाई स्क्यानिङ गरेर कम्युटरमा राख्ने काम भइरहेको छ ।
कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन सेवा लिने क्रममा प्रतीक्षालयको व्यवस्था, तातो चिसो खानेपानीको उपलब्धता र महिला पुरुषका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ भने जग्गा लेनदेन गर्दा कसैको सहयोग नचाहिने व्यवस्था गरिने भूमिसुधार मन्त्रालयले जनाएको छ ।