काठमाडौं । तत्कालिन नेकपा माओबादी निकट युवा संगठन वाईसियलका नेता प्रमोद ढकाल ‘दिनेश’नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनले मुलुकमा कम्युनिष्टहरुले अशान्ति मात्र ल्याउने गरेको र कांग्रेसले समाधानको बाटो खोजिरहेका कारण कांग्रेस मनपरेको भन्दै प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाको विचारलाई आत्मसाथ गर्दै प्रवेश गरेका नेता ढकाल जिल्लाको सुनकोशी गाउपालिका ७ का स्थाई बासिन्दा हुन् ।
शनिबार नेपाली कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितीले आयोजना गरेको बृहत वनभोज तथा सांस्कृतिक कार्यक्रममा नेता थापाले कांग्रेसमा भित्र्याएका हुन् ।