काठमाडौं । कुवेतसंग हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द उपलब्ध हुने भएका छन् ।नेपालले मार्च २१ र २६ गते उसैको मैदानमा कुवेतसंग मैत्रीपूर्ण खेल खेल्दैछ ।
अखिल नेपाल फुटबल संघ एन्फाका मिडिया अधिकृत आयुस खड्काले रोहित कुवेतविरुद्धको खेलका लागि नेपाल आउने बताए । रोहित हाल इण्डोनेसियाको क्लब पर्सिजा जाकार्ताबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।
रोहित नेपाल फर्कने भएसंगै २४ सदसीय नेपाली टोली कुवेत जाने छन् । यस पटक नेपाली टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको छ ।नेपाली टोली १९ मार्चमा कुवेत प्रस्थान गर्नेछ ।
मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएसंगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । हालै जिम्मेवारी पाएका मुख्य प्रशिक्षक योहान कालिनको यो पहिलो भ्रमण हुनेछ ।
नेपाली टोली:
गोलकिपर : किरण चेम्जोङ, विकेट कुथु ‘आर्मी’ र विशाल श्रेष्ठ ‘मनाङ’
डिफेन्डर : रोहित चन्द, अजित भण्डारी ‘पुलिस’, रवि सिलवाल ‘संकटा’, सुरज विश्वकर्मा ‘मनाङ’, रञ्जित धिमाल ‘थ्री स्टार’, विराज महर्जन ‘मनाङ’, सरोज दाहाल ‘संकटा’, देबेन्द्र तामाङ ‘च्यासल’
मिडफिल्डर: रवि पासवान’पुलिस’, टंक बस्नेत ‘आर्मी’, सन्तोष तामाङ’आर्मी’, बिक्रम लामा ‘थ्री स्टार’, बिशाल राई ‘मनाङ’, हेमन गुरुङ ‘मनाङ’, सुजल श्रेष्ठ ‘मनाङ’
फरवार्ड: रन्जन विष्ट ‘थ्री स्टार’, सुमन लामा ‘पुलिस’, भरत खवास ‘आर्मी’, विमल राना ‘मनाङ’, नवयुग श्रेष्ठ ‘आर्मी’, आशिष लामा ‘एपीएफ’