काठमाडौं । चर्चित कलाकार, सँचारकर्मी तथा समाजसेवी शिशिर भण्डारीको नया गीतले यति बेला युटुबमा तहल्का मच्चाएको छ । महँगो बजेटमा निर्माण गरिएको हाम्रो माया जिन्दाबाद बोलको यस गीत नयाँ नयाँ न्यूज नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
निकै आकर्षक बनेको यस गीतमा युट्युबर शिशिर भण्डारी संग टिकटककि क्विन जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ।
केही दिन अघि शिशिरले आफ्नो जन्मदिन पारेर गीत सार्बजनिक गरेका हुन् । सानैदेखि गायन क्षेत्रमा पनि रुचि भएका शिशिर भण्डारीले यो गीत आफैले गाएक हुन् । यसपटक शिशिरले नयाँ नचाउने गीत लिएर आएका हुन्।
करिब ४ लाखको आसपासमा खर्च भएको यस भिडियोमा सबै उतकृष्ट प्राबिधिक रहेका छन् । कुनै ठुलो बजेटको फिल्म भन्दा राम्रो बनेको छ।युटुबमा पनि गीतले तहल्का पिटिरहेको छ । अहिले हाम्रो माया जिन्दावाद युटुब ट्रेण्डिंगमा २ न. मा कव्जा जमाएको छ ।