१६ चैत्र २०७९, बिहीबार
ब्लग/सामाजिक संजाल

फेसबुकमा अश्लील फोटो र भिडियो डिलिट गर्न एआई टूल तयार

प्रकाशित मिति :  ३ चैत्र २०७५, आईतवार २०:२१


काठमाडौं । सामाजिक सञ्जालमा यौन उत्पीडनको बढ्दो घटना रोक्न फेसबुकले आर्टिफिशियल इन्टेलिजेन्स ‘एआई’को प्रयोग गर्ने भएको छ । कम्पनीले यसका लागि एक टूल तयार पारेको छ । यो टूलले आफैं अश्लील फोटो र भिडियो खोज्नेछ र त्यसलाई डिलिट पनि गर्नेछ ।

कम्पनीको दाबीअनुसार यो टूलले पोस्ट कसैसँग कदला लिनका लागि गरिएको हो वा होइन भन्ने कुरा सुनिश्चित गर्नेछ । यदि पोस्ट गलत रहेको पाइए त्यसलाई तत्काल हटाउने छ ।

कम्पनीले यस किसिमको टूल पीडित मानिसहरुको लागि निकै जरुरी रहेको बताएको छ । फेसबुकमा डाटाको विवाद आएसँगै मानिसहरु आफ्नो गोप्य विवरण शेयर गर्न हिच्किचाइरहेका छन् ।

फेसबुकको प्लेटफर्म अश्लील सामग्रीबाट छुट्कारा पाउनका लागि यो नयाँ प्रयास रहेको बताइएको छ । कम्पनीका कन्टेन्ट मोडेरेटरले यस किसिमको सामग्रीले मानिसलाई मानसिक प्रताडनाबाट गुज्रिनुपर्ने अवस्था रहेको दाबी गरेका थिए ।

विज्ञहरुले भने यसले ह्युमन फिल्टरको माध्यमबाट प्रयोग गरिनेछ, यसले अश्लील कन्टेन्टलाई भाइरल हुनबाट बचाउँछ । फेसबुक अश्लील कन्टेन्टको मामिलामा धेरैपटक प्रयोगकर्ताको विरोधको शिकार बन्न पुगेको छ ।

यसलाई मध्यनजर गर्दै कम्पनीले यस्तो योजना ल्याएको हो । यो प्रविधिको प्रयोग फेसबुकका साथै इन्स्टाग्रामजस्ता एपमा पनि गर्न सकिन्छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा