८ चैत्र २०७९, बुधबार

सहसचिवस्तरीय पारवहन वार्ता नयाँदिल्लीमा

प्रकाशित मिति :  ३ चैत्र २०७५, आईतवार २०:३१


काठमाडौं । नेपाल र भारतबीचको पारवहन व्यवस्थालाई सहज तुल्याउन विभिन्न समयमा भएका द्विपक्षीय विनिमयपत्र ‘एलओई’ एकीकरणसम्बन्धी बैठक भारतको राजधानी नयाँदिल्लीमा हुँदैछ ।

यही चैत ४ र ५ गते हुने सहसचिवस्तरीय उक्त बैठकमा पानीजहाजबाट मालसामान स्थानान्तरण, ‘लेटर अफ एक्सचेञ्ज’ ‘एलओई’को एकीकरण, बृहत् परिमाणका मालसामानको व्यवस्थापन, उडिसाको मुन्द्रा र गुजरातको ढाम्रा बन्दरगाह सञ्चालन र जलमार्गबारे छलफल हुनेछ ।

बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजु नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेको छ ।

प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र परराष्ट्र मन्त्रालयका सहसचिवका साथै कोलाकाताका लागि नेपालका महावाणिज्यदूत, नयाँदिल्लीस्थित नेपाली दूतावासका सहसचिव रहने प्रतिनिधिमण्डलका नेता सैँजुले राससलाई जानकारी दिए।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा