लाहान । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम जनमत पार्टी राखिएको छ। सोमबार सिराहामा सम्पन दुईदिने राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो।
राष्ट्रिय परिषद् बैठकले पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ। पार्टीको अध्यक्षमा डा. सीके राउत नै रहेका छन्।
सदस्यहरुमा कैलाश महतो महोत्तरी,राजकुमार यादब सिरहा,अब्दुल खाँन बर्दिया,चन्दन सिंह महोत्तरी, अनिता इसर सप्तरी, कौशिला महतो झापा,परमेश्वर मुुर्मु मोरङ, सीताराम पण्डित सुनसरी, सुरेन्द्र शर्मा सप्तरी, सनिला यादब सिरहा, इन्द्रजित यादब धनुषा छन्।
यसैगरी सदस्यहरुमा संजय यादब महोत्तरी, नरेश कुशबाह सर्लाही, बीरेन्द्र साह रौतहट, दिनेश यादब बारा, सञ्जय साह पर्सा, ध्रुब गौड नवलपरासी,भोगेन्द्र यादब रुपन्देही,हरिकुल्ला खाँन कपिलबस्तु,राधा यादब दाङ,इरफान अमहद शेख बाँके, महेन्द्रप्रसाद चौधरी कैलाली, दुर्गा चौहान नवलपरासी र आशा मेहता सुनसरी छन्।
पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ। यस्तै चुनाव चिन्हमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको हो।
नयाँ दल दर्तासँगै केन्द्रीय कार्यसमिति विस्तार गरिने केन्द्रीय सदस्य अब्दुल खानद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। केन्द्रीय समितिमा थप सदस्य मनोनयन गर्ने जिम्मेवारी राष्ट्रिय अध्यक्ष राउतलाई दिइएको छ।