८ चैत्र २०७९, बुधबार

महिला टी-२० क्रिकेट लिगको घोषणा, चार टोलीले प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति :  ४ चैत्र २०७५, सोमबार १८:४४


काठमाडौं । नेपालमा हुन लागेको पहिलो महिला टी–२० क्रिकेट लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक एनसिएल स्पोर्टस प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो ।

पहिलो संस्करणमा भैरहवा क्विन्स, विराटनगर लायन्स, काठमाडौं सुपर च्याम्पियन, धनगढी वन्डरले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ ।

भैरहवाको मार्की खेलाडी कविता कुवँर, विराटनगरका करुणा भण्डारी, धनगढीका सीता राना मगर र काठमाडौँको मार्की खेलाडी नेरी थापा रहेकी छिन् । प्रतियोगिता यही चैत ९ गतेदेखि विराटनगरको बैजनाथ क्रिकेट मैदानमा हुनेछ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा