रेखा थापा बनिन् क्रिकेट क्लबको मालिक

इन्द्र रिजाल
चैत ४, २०७५ मंगलबार ०:४६:५३

काठमाडौं । अभिनेत्री रेखा थापाले क्रिकेट टिम किनेकी छिन्। विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि अभिनेत्री थापाले काठमाडौं सुपर च्याम्पियन्स क्रिकेट टिम किनेकी हुन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्र थापाले महिला क्रिकेटमा केही योगदान गर्न टिम खरिद गरेको बताइन्। उनले आफू १४ वर्षदेखि महिलाकै क्षेत्रमा काम गरिरहेको र आयोजकले महिला क्रिकेट टिम किन्न प्रस्ताव आएपछि खरिद गर्ने निर्णयमा पुगेको बताइन्।
कार्यक्रममा टी–२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र मार्की खेलाडी घोषणा पनि घोषणा गरिएको थियो। थापाले किनेको काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडी रहेकी छिन्।
यस्तै, अनुम सक्सेराको विराटानगर रोअरिङको मार्की खेलाडीमा करुण भण्डारी रहेकी छिन्। अनिल भण्डारी र दीपक सुवेदीले स्वामित्व लिएको भैरहवा क्विन्समा राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री मार्की खेलाडी बनेकी छिन्। हरि खनालको धनगढी वन्डरवुमेनको मार्की खेलाडीमा सीता रानामगर रहेकी छिन्।
प्रतियोगितामा आगामी वैशाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुनेछ। प्रतियोगिताका लागि खेलाडी भित्र्याउन छिट्टै अक्सनको मिति घोषणा गर्ने आयोजकले जनाएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल सर्ट फिल्ममा सागर र सरिता उत्कृष्ट अभिनेता अभिनेत्री
असोज १६, २०८० मंगलबार
रिहा भए अभिनेता अनमोल केसी
असोज १४, २०८० आइतबार
अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा छाड्ने तयारी
असोज १४, २०८० आइतबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार
भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असोज १७, २०८० बुधबार