१९ चैत्र २०७९, आईतवार

काग्रेसमा भीष्मराजको नेतृत्वमा अनुशासन समिति गठन

प्रकाशित मिति :  ४ चैत्र २०७५, सोमबार २१:११


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको सोमबार सानेपामा बसेको बैठकले केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

भीष्मराज आङ्दम्वेको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले समिति गठन गरेको हो । जसमा किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् । बाँकी सदस्यहरु पछि थप अनुशासन समितिले सहमतिबाट मात्र निर्णय गर्ने स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा नेताहरुले नाम वा अनुशासन समितिको निर्णय प्रक्रियामा सहमति खोज्नुपर्नेमा जोड दिएका थिए ।

सोमबार केन्द्रीय कार्यसमिति बैठक अघि नेताहरुबीच भएको छलफलमा नाममा सहमति जुटेन । तर, अनुशासन आयोगले सहमतिमा मात्र निर्णय गर्ने सहमतिपछि आयोग गठनमा सहमति जुटेको छ ।

अहिले आयोगमा रहेका तीनै जना देउवा पक्षको रोजाइमा आएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षबाट सदस्य थप हुन बाँकी छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा देउवा निकट नेताहरुले भने सहमतिबाट मात्र निर्णय गर्ने टीओआरको विरोध गरेका छन् । कांग्रेस बैठक भोलि पनि बस्नेछ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा