११ कार्तिक २०७८, बिहीबार

अवैध रुपमा सुन संकलन गर्ने ४ जना पक्राउ

प्रकाशित मिति :  ४ चैत्र २०७५, सोमबार २३:११


काठमाडौं । अवैध रुपमा संकलन गरी सुन लैजान लागेको अवस्थामा ४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनका सुनिल राउत र बारा कलैया उपमहानगरपालिका–९ का संदिप पटेल, हेटौंडा उपमहानगरपालिका–३ का अर्पण केसी र खोटाङका मनोज राई रहेका छन् ।

प्रहरीले २र२ जनाको समूहमा पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९ थान सुनको बाला, मोबाइल ३ थान र ल्यापटप २ बरामद गरेको छ । उक्त सूनको मूल्य करिब २७ लाख ५० हजार हुनेछ ।

राउत र पटेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ्ग एरिया र अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ्गबाट प्रहरीले पक्राउ गरेको हो । यस्तै केसी र राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियाबाट पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा