११ कार्तिक २०७८, बिहीबार

पूर्वमुमा बडामहारानी अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति :  ५ चैत्र २०७५, मंगलवार ००:०९


काठमाडौं । पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी अस्पतालबाट फिर्ता भएकी छिन् । यही फागुन २१ गते स्वास्थ्योपचारका लागि उनी नर्भिक अस्पताल भर्ना भएको सो अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह एवम् पूर्वमुमा बडामहारानीको स्वास्थ्योपचारको क्रममा सहयोग पु¥याउने नर्भिक अस्पतालका चिकित्सक, कर्मचारी, व्यवस्थापन र शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सबै शुभेच्छुकलाई धन्यवाद दिइएको अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीद्वारा विज्ञप्तिमा उल्लेख छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा