१३ असार २०७९, सोमबार

युईएफएले रोनाल्डोमाथि कारबाही गर्ने

प्रकाशित मिति :  ५ चैत्र २०७५, मंगलवार ०७:४८


काठमाडौं । गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले क्रिष्टियानो रोनाल्डोलाई कारबाही गर्ने भएको छ ।

युईएफएले युभेन्ट्सका फरवार्ड रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एथ्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाउँदा गलत ब्यवहार गरेको आरोप युईएफएले लगाएको छ ।

बीबीसीका अनुसार युभेन्ट्सका ३४ बर्षका फरवार्डले एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए । पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा सिमोनले दर्शकतर्फ फर्केर खराब ब्यवहार प्रकट गरेका थिए ।

रोनाल्डोले युभेन्ट्सले ३–० ले जितेको दोस्रो लेगमा ह्याट्रिक पुरा गरिसकेपछि सोही नक्कल गरेका थिए । युईएफएले आगामी मार्च २१ मा रोनाल्डोको बिषयमा निर्णय गर्नेछ ।

युईएफएले सिमोनलाई २० हजार युरो जरिवाना गरेको थियो । युभेन्ट्सले क्वार्टरफाईनलको खेलमा डच क्लब अजाक्ससंग प्रतिस्पर्धा गर्दैछ ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता