एजेन्सी । बहुचर्चित युरोपका विभिन्न लिग फुटबलले दुई साता रोकिने भएको छ । युरोकप छनोट, अफ्रिका कप, चाइना कप र विभिन्न देशबीचको अन्तर्राष्ट्रिय मैत्री खेलका कारण लिग चरणका खेल रोकिएको हो ।
लिगअन्तर्गत प्रिमियर लिग, इटालियन सिरिए, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानका खेलहरु अब मार्च अन्तिमबाट सुरु हुनेछ । हालसम्म प्रिमियर लिगमा ३१ औं खेल सकिएको छ । केही टोलीले २९ औं र ३० औं खेल खेल्न बाँकी छ ।
यसैगरी सिरिए र ला लिगामा २८ औं, बुन्डेसलिगमा सबै टोलीले २६ औं, फेन्च लिग वानमा २९ औं चरणका खेल सकिएका छन् । केही टोलीले २८ औं र २९ औं खेल खेल्न बाँकी नै छ ।
मार्च २२ बाट अधिकांश दक्षिण अमेरिकी देशले मैत्रीपूर्ण खेल खेल्दैछन् । युरोपियन देशले मार्च २१ बाट सन् २०२० को युरो कप छनोट खेल्दैछन् । त्यसैले युरोपका लिग मार्च ३० तारिखबाट पुनः सञ्चालन हुनेछ ।