काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ ब्रुमर ‘यान्त्रिक कुचो’ मार्फत सडक सफा गर्ने भएको छ।अघिल्लो सोमबार इटलीबाट काठमाडौँ ल्याइएको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ।
अहिले ती ब्ररुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डुंगोलले दिए। उनका अनुसार बिहीबारसम्म सञ्चालनको तयारीको सबै काम सकी प्रयोगमा ल्याइने छ। नियमित रुममा कुन कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुखसँग छलफल भएको प्रवक्ता डंगोलले बताए।
कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ। अबको केही दिनमा कुन कुन स्थानमा उक्त यन्त्र प्रयोग गर्ने भन्ने यकिन हुनेछ। ती ब्ररुमर रु। १० करोड ८० लाखमा ल्याइएको हो।
यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो। कामपासँग यसअघि रहेको एक ब्रुुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि कामपाले जनाएको छ। गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो।
सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ। पाँच ब्रुुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन्।ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ। युरो मापदण्डका भनिएका उक्त ब्ररुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ।
पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ। रासस