प्रचण्डका लागि अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

इन्द्र रिजाल
चैत ५, २०७५ बुधबार १:४४:२३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछि अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर गरेको छ ।
अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको हो । प्रचण्डलाई जारी गरिएको उक्त आन्तरिक सर्कुलर भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगाएत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गरेको थियो ।
के हो ‘नो इन्भेष्टिगेशन’ सर्कुलर
अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । यस्तो सर्कुलर पछि अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन ।
प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डीबेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए ।
लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगाएत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।
पत्नी सीता दाहालमा देखिएको रोगको उपचारका लागि आफू अमेरिका जान लागेको अमेरिका जानुपूर्व प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बताएका थिए ।
को हुन् प्रचण्डविरुद्ध उजुरी गर्ने ?
पत्नि सीता दाहालको उपचारका लागि अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी परेको विषय चर्चामा छ । उजुरी परेको समाचार सार्वजनिक भएसँग उजुरीकर्ताका विषयमा पनि सोधखोज हुने नै भयो ।
सत्तारुढ दलका अध्यक्ष र दुईपटक देशका प्रधानमन्त्री भइसकेका प्रचण्डविरुद्ध आखिर कसले हाल्यो अमेरिकामा मुद्धा ? चासोको विषय बनेको छ । प्रचण्डविरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले उजुरी गरेको खुलेको छ ।
उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध आइतबार उजुरी दर्ता गरेका थिए । उनले दायर गरेको उजुरीपत्रमा प्रचण्डलाई आतंककारी भनिएको छ।
‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएका छन् । उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए। उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए,’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ।
श्रेष्ठ हाल केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत रहेको विश्वविद्यालयको वेवसाइटमा उल्लेख छ । उनले यसअघि नर्थ एलाबामा सेन्टर फर एजुकेशन एक्सिलेन्समा शिक्षाविद्का रुपमा काम गरेका थिए। उनले युनिभर्सिटी अफ फ्लोरीडामा भौगर्भिक इन्जिनियरिङ विषयको अध्ययन गरेका थिए।
विद्यालय शिक्षा काठमाडौंको पद्मोदय हाइ स्कुलबाट पूरा गरेका श्रेष्ठ विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । उनी हाल अमेरिकाको हन्टभिल्ला अल्बामामा बस्दै आएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदेशमा झण्डै ६ खर्ब पैसा छ, तर, लगानी हुँदैन
असोज ८, २०८० सोमबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
असोज ४, २०८० बिहिबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार
भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असोज १७, २०८० बुधबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार