८ चैत्र २०७९, बुधबार
सडक/यातायात

बुद्ध एयरले पनि भित्र्यायो एटीआर, अर्को महीनादेखि उडान भर्ने

प्रकाशित मिति :  ५ चैत्र २०७५, मंगलवार २०:०४


काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् । सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० डी रहेको छ । नयाँ जहाजको रङ्गरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महीनादेखि उडान भर्ने कम्पनीका बजार निर्देशक रुपेश जोशीले बताए ।

थपिएको जहाजले नियमित मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने उनको भनाइ छ। जहाज थपिएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान वृद्धि गर्ने कम्पनीले जनाएको छ । यसअघि भारतको वनारसमा उडान भर्दै आएको बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकातामा पनि उडान भर्नेछ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा