काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हिंसात्मक गतिविधि त्यागेर वार्तामा आउन अपील गरेको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको काग्रेस केन्द्रीय कार्यसमिति बैठकले चन्दको नेकपालाई वार्तामा आउन आग्रह गर्दे सरकारलाई पनि वार्ताका लागि पहल गर्न जोड दिएको छ ।
त्यस्तै बैठकले नेकपाको गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गर्दा र सीके राउतसँगको सम्झौता गर्दा प्रतिपक्षसँग छलफल नगरेमा विरोध जनाएको छ ।
महत्वपूर्ण राजनीतिक घटनाक्रमका बेला प्रतिपक्षलाई विश्वासमा लिएर निर्णय लिनसमेत आग्रह गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।