८ चैत्र २०७९, बुधबार

‘मन्त्रीमण्डल पुनर्गठनबारे मलाई जानकारी छैन’ नेपाल

प्रकाशित मिति :  ६ चैत्र २०७५, बुधबार ०८:१०


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रीमण्डल पुनर्गठनबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन् । पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित रहेको पनि उनले गुनासो पोखे ।

उनले थपे,”पार्टी एकताको काम छिटो सम्पन्न गर्नुपर्छ, तर, धेरै ढिलो भएको छ । यसले गर्दा पार्टीका कार्यकर्ताहरुमा पनि निराशा छाएको छ ।” उनले अठोटका साथ काम गरे एक महिनाभित्र पार्टीको तल्लो तहसम्मको एकीकरणको काम टुंगो लाग्ने विश्वास दिलाए ।

उनले अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्केपछि पार्टीको सांगठनिक एकीकरणको काम टुंगोमा पुग्नेमा आफू आशावादी रहेको पनि बताए । त्यस्तै, उनले सिके राउतलाई राष्ट्रिय राजनीतिकको मूलधारमा ल्याउने सरकारको निर्णय सही भएको पनि बताए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा