काठमाडौं । होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर ट्राफिक प्रहरीले उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ । होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी गराएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जाँड रक्सी सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको मिलाइएको जानकारी दिएका छन् ।
“होलीलाई दुर्घटनारहित र मर्या्दित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाउन लागेका छौँ”, उनले भने । बिहान सातदेखि बेलुका सात बजेसम्म गर्ने सो कामका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुगमन, १९ वटा मोबाइल टोली र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गर्न लागिएको महाशाखाले जनाएको छ ।
सवारी साधन प्रयोग गरी लोला हान्नेलाई नियन्त्रणमा लिई कारवाही गर्नुका साथै होलीमा कारवाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरिएको महाशाखाका प्रमुख पन्तले बताए ।
होली पर्वमा गएको वर्षमात्र २२ वटा दुर्घटना भएको थियो । दुर्घटनामा परी एक गम्भीर तथा १७ घाइते भएको महाशाखाले जनाएको छ ।