८ चैत्र २०७९, बुधबार

कांग्रेसभित्र मेलमिलाप र एकता आवश्यक : महामन्त्री कोइराला

प्रकाशित मिति :  ६ चैत्र २०७५, बुधबार २०:०८


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीभित्र मेलमिलाप र एकता आवश्यक रहेकोमा जोड दिएका छन् ।

काठमाडौंको टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा बुधबार आयोजित चियापान कार्यक्रममा उहाले पार्टी गुट–उपगुटमा विभाजित भएकाले आफूले आजैबाट पार्टीभित्र एकता र मेलमिलापका लागि पहल गर्ने बताएका हुन् ।

फागु पर्व एकता, मेलमिलाप र सम्बन्ध स्थापित गर्ने पर्व भएकाले आजैका दिनबाट पार्टीभित्र एकताको खोजी गरिने उनको भनाई छ ।

कोईरालाले कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे ।

त्यस्तै उनले हिन्दु धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने समेत बताए । काग्रेसको चार तारामा एक धारणा हिन्दुको भएको उनले बताए । कार्यक्रममा कांग्रेसका नेताहरुले कोेइराला निवासमा नै होली खेलेका थिए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा