१४ चैत्र २०७९, मंगलवार
नेपाल प्रहरी

अवाञ्छित गतिविधि गर्ने ८४ र नियम उल्लङ्घन गर्ने ५ सय १९ चालक नियन्त्रणमा

प्रकाशित मिति :  ६ चैत्र २०७५, बुधबार २०:४५


काठमाडौं । होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौँका ४५, ललितपुरका ३५ र भक्तपुरका चार जना रहेका छन् । होली विशेष सुरक्षा योजना बनाएर आज हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५१९ सवारीसाधनट्राफिक नियम उल्लङ्घन गर्नेका चालकलाई नियन्त्रणमा लिएको प्रवक्ता जयराज सापकोटाले जानकारी दिए ।

भक्तपुरबाट १७ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकामा अधिकांश मोटरसाइकल चालक छन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा