निर्मला हत्या प्रकरण : बर्खास्त प्रहरी उपरीक्षक विष्टसँग बयान लिने कार्य सकियो

इन्द्र रिजाल
चैत ६, २०७५ बिहिबार २:४२:२९

कंञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ की बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टको जिल्ला अदालत कञ्चनपुरमा आज बयान लिने कार्य सकिएको छ ।
मङ्गलबार अदालतमा निवेदनसहित उपस्थित भएका विष्टसँग यातनासम्बन्धी मुद्दा र प्रमाण नष्ट गरेको मुद्दामा बयान लिने कार्य गरिएको हो । बयान लिने कार्य सकिएपछि दुवै मुद्दाबारे थुनछेक बहस शुरु भएको छ ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आर्चायको एकल इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहन्यायाधिवक्ता मोहनदत्त जोशीलगायत दुई जना सरकारी वकिलले बहस गरेको अदालतका से्रस्तेदार हरिकृष्ण अवस्थीले बताए । प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका छन् ।
“समय अपुग भएको छ,” उनले भने, “शुक्रबार पुनः बहस हुने गरी कार्यतालिका तोकिएको छ ।” “बहसको कार्य पूरा नभएपछि बर्खास्त प्रहरी उपरीक्षक विष्टलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएका छौँ,” उनले भने, “अर्को मुद्दाका लागि वकिलको व्यवस्था गर्न समेत विष्टसँग भनेका छौँ ।”
बर्खास्त प्रहरी उपरीक्षक विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसुर र दिलीप सिंह विष्टका दाजु खडक बिष्टले याताना विरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए ।
मुद्दा दायर भएकामध्ये तत्कालीन प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठी रु नौ लाख, प्रहरी निरीक्षक एकेन्द्र खडका रु नौ लाख र प्रहरी निरीक्षक जगदीश भट्ट रु चार लाख धरौटी रकम बुझाएर रिहा भएका थिए ।
यसैगरी, प्रहरी नायब निरीक्षक रामसिंह धामी रु तीन लाख, हरिसिंह धामी रु तीन लाख ५० हजार र प्रहरी जवान चाँदनी साउद रु दुई लाख ५० हजार धरौटी रकम अदालतमा बुझाएर रिहा भएका थिए ।रासस
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
जेठ २२, २०८० सोमबार
गुणस्तर तथा नापतौल कार्यालयका नासु यादवको चार करोड अतिरिक्त सम्पत्ति
जेठ २२, २०८० सोमबार
सन् २०२३ मा हवाई उद्योगले कोभिडपछिको कीर्तिमानी रेकर्ड कायम गर्ने
जेठ २२, २०८० सोमबार
यौन दुर्व्यवहार मुद्दामा मदन राई धरौटीमा रिहा
जेठ २२, २०८० सोमबार
सांसदहरूले गरे गाँजा खेती गर्ने सरकारको निर्णयको समर्थन
जेठ २२, २०८० सोमबार
राष्ट्रपतिद्वारा विभिन्न देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त
जेठ २२, २०८० सोमबार
प्रतिनिधिसभाको बैठकमा शाेक प्रस्ताव पारित, अर्काे बैठक भाेलि ११ बजे बस्ने
जेठ २२, २०८० सोमबार
अर्थमन्त्री महतमाथि घरानालाई पोस्ने गरी करको दर हेरफेर गरेको आरोप
जेठ २२, २०८० सोमबार