८ चैत्र २०७९, बुधबार
खोज / विशेष

मापदण्ड विपरित संचालनमा रहेका पेट्रोलपम्प हटाउने काम सुरु

प्रकाशित मिति :  ७ चैत्र २०७५, बिहीबार ०७:५६


काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहरका साँघुरा क्षेत्रमा रहेका पेट्रोलपम्प हटाउन स्थलगत अध्ययन शुरु गरेको छ । नेपल आयल निगम, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरको कार्यदलले अध्ययन शुरु गरेको छ । असुरक्षित स्थान वा मानवीय क्षति हुनसक्ने, भीडभाड तथा सवारी जाम गरिरहेका पम्पलाई हटाउन लागिएको हो ।

एक हप्तामा कार्यदले प्रतिवेदन तयार गर्ने कार्यदलका संयोजक एवं महानगरपालिकाका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । उनले भने, ‘सडक विस्तार भएपछि मापदण्डहरू मिचिएका छन, पम्पहरू हेर्दा नै एकदम असुरक्षित देख्छौँ, साँघुरो ठाउँमा सडकमै लाइन लगाएर पेट्रोल डिजेल भरेका छन्, माथि घर तल पम्पहरू पनि छन्, यी बस्ती वा व्यक्तिगत घरसँगै जोडिएका छन् एकदमै असुरक्षित छन् ।’ कार्यदलले उपत्यकाका पप्महरू कुन अवस्थामा छन् भन्ने यसले जनाउने उनको भनाइ छ ।

प्रतिवेदन तयार भएपछि कार्यदल कार्यान्वयनको प्रक्रियामा जाने कुँवरको भनाइ छ । कमिटीमा नेपाल आयल निगम, महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभागलगायत निकायका प्रतिनिधि छन् । सडकमै पेट्रोल पम्प सञ्चालन भएकाले हिँडडुल र ट्राफिक व्यवस्थापनमा असहज भएको कुँवरको भनाइ छ ।

आगलागीलगायत विपद्का हिसाबले पनि उपत्यकाका पम्पहरू ठूलो जोखिममा रहेका र सिङ्गो सहर नै जोखिमयुक्त बनाएको महानगरपालिकाले जनाएको छ । एउटा पम्पदेखि अर्को पम्मको दूरी नजिक रहेको र मापदण्ड मिचेर पम्प सञ्चालन भइरहेको महानगरपालिकाले जनाएको छ । सडकमै पम्प सञ्चालन हुँदा पेट्रोल डिजेल भर्नेको लाइनले ट्राफिक जाम हुने गरेको छ । मानव बस्तीभन्दा पर राख्नुपर्ने प्रावधान पनि मिचिएकोले यो अध्ययन थालिएको खबर आजको गोरखापत्र दैनिकमा छ ।

सुरक्षा र ट्राफिक व्यवस्थापनका हिसाबले उपत्यकाका करिब ३० वटा पेट्रोल पम्प तत्काल अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको महानगरले जनाएको छ । कुँवरले भने, ‘धेरैजसो पम्प सरकारी मापदण्डभन्दा फरक रहेका छन् तर कति छन् भन्ने कुराको पहिचान गर्ने काम भएको छ । २०५४ पछि खुलेका पम्पलाई हटाउन कानुनी जटिलता नभएको निगमले जनाएको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा