मैत्रीपूर्ण फुटबल : १९ वर्षपछि नेपाल र कुवेत भिड्दै

इन्द्र रिजाल
चैत ७, २०७५ बिहिबार १६:५१:२

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीले बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेका टोलीले बिहीबार बेलुका पहिलो खेल खेल्न लागेको हो ।
खेल बेलुका ९ः१५ बजे सुरु हुनेछ । नेपाल र कुवेत १९ वर्षपछि भिड्न लागेका हुन् । यसअघि सन् २००० मा एएफसी एसिया कपमा दुई टोली भिडेका थिए । उक्त खेलमा नेपाल ५-० गोलले पराजित भएको थियो । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध नेपालले जित निकाल्ने बताएका छन् ।
हालै नेपाली टोलीको प्रशिक्षण सम्हालेका कालिनको यो पहिलो खेल हो । यसैगरी कुवेतका प्रशिक्षक रोमियो जोजाकले पनि घरेलु मैदानमा टोली जितका लागि उत्रने बताएका छन् । हामीले छोटो तयारी गरेका छौं । तर, प्रदर्शन गर्न सके हामी जित्न सक्छौ, जोजाकले भने । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबलमा फाइनल प्रवेशका लागि पर्सा र काठमाडौं भिड्ने
असोज १२, २०८० शुक्रबार
साय यु–१९ च्याम्पियनसिपः नेपाल–भारतबीच सेमिफाइनल खेल जारी
असोज १०, २०८० बुधबार
साफ यू–१९ च्याम्पियनसिपः भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा प्रवेश
असोज १०, २०८० बुधबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार
आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
असोज १७, २०८० बुधबार
दर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह
असोज १७, २०८० बुधबार
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार