१४ चैत्र २०७९, मंगलवार

ओली परिवारसहित क्याप्टेन हेर्न गएपछि

प्रकाशित मिति :  ७ चैत्र २०७५, बिहीबार १२:०२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ परिवारसहित फिल्म हेर्न गएका छन्। प्रधानमन्त्री ओली बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई सँगै लिएर फिल्म हेर्न गएका हुन्।

राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ को रात्रीकालीन सो हेरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूसहित हलमा पुगेका प्रधानमन्त्रीलाई अनमोलसहित अन्य कलाकारले स्वागत गरेका थिए। चलचित्र ‘क्याप्टेन’ मा राष्ट्रिय खेलाडीले भोग्नु परेका समस्यालाई विषयवस्तु बनाइएको छ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा