रौतहट । रौतहटको सिमरामा होली खेल्ने क्रममा २ समूहबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चपुरका प्रहरी निरीक्षक ‘इन्सपेक्टर’ सन्तोष पाठकले होली खेल्ने क्रममा रौनियार र चौधरी पक्षबीच झडप भएको बताए ।
प्रहरीले झडपलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि अश्रुग्यास प्रहार गर्नुपरेको पाठकले बताए । ‘प्रहरीले ७ राउन्ड अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘अहिले स्थिति नियन्त्रणमा छ ।’ झडपमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।