२२ मंसिर २०७८, बुधबार
राजनीति

मन्त्री बास्कोटा भन्छन्, ‘हतियार बिसाएर आए विप्लवसँग वार्ता गर्न तयार छौं’

प्रकाशित मिति :  ७ चैत्र २०७५, बिहीबार १८:३१


काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्तामा बस्न सदा तयार रहेको स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चन्द नेतृत्वको नेकपासँग वार्तामा बस्न सरकार तयार रहेको प्रष्टयाएका हुन् । तर त्यसका लागि चन्द नेतृत्वको नेकपाले हतियार बिसाउनुपर्ने सरकारको सर्त रहेको मन्त्री बास्कोटाले भनाई छ ।

बिहिबार मन्त्रिपरिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले कुनै पनि समूहको हिंसाजन्य गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिए ।

मन्त्री बास्कोटाले चन्द नेतृत्वको नेकपालाई वार्ताको नाममा थप गलत गतिविधिको तयारी गर्ने छुट हुन नसक्ने पनि बताए । मन्त्री बास्कोटाले संविधानमाथि प्रश्न उठाउन पाइने तर संविधानका मूलभूत विषय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले प्रश्न गर्न नपाउने पनि स्पष्ट पारे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा