स्याङजाबाट विप्लव माओवादीलाई थापाले दिए झड्का

इन्द्र रिजाल
चैत ७, २०७५ शुक्रबार ०:५७:९

प्रकाश डोटेल
स्याङ्जा । नेकपा माओवादी ‘विप्लव’ समुह स्याङ्जाका नेता डाक्टर शेरबहादुर थापाले पार्टी परित्याग गरेका छन् । स्याङ्जा भीरकोट नगरपालिका १ मा बस्दै आएका डाक्टर शेरबहादुर थापाले प्रेस विज्ञप्ती निकाल्दै विप्लव समुहबाट अलग भएको घोषणा गरेका हुन् ।
२०३७ सालको विद्यार्थी जीवन कालदेखि नै बामपन्थी राजनीतिमा लागेका थापा तत्कालिन एमालेसँग आबद्ध हुदै पछि प्रचण्डले नेतृत्व गरेको नेकपा एमाओवादीमा रहेर काम गर्दै आएका थिए । एमाओवादी फुटेपछि बैद्य नेतृत्व माओवादी हुदै विप्लव माओवादीमा आवद्ध डाक्टर थापा स्याङजाका पुराना र राम्रा कम्युनिष्ट नेतामा गनिन्थ्ये । थापाको बहिरगमन पछि विप्लव माओवादीलाई स्याङजाबाट ठुलै झड्का लागेको अनुमान गरिएको छ ।
भीरकोट नगरपालिका प्रमुख छाँयाराम खनाल र नगर प्रवक्ता दिपेन्द्र केसी सहितको रोहबरमा थापाले प्रेस विज्ञप्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन । शारिरीक रुपमा अशक्त भएका कारण परित्याग गर्न बाध्य भएको थापाले दावी गरेका छन् । अब स्वतन्त्र रहने छु, थापाले प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन्, “स्वतन्त्र रहेपनि मानव जीवनको हकअधिकार सुनिश्चित गर्ने सभ्यतामुलक कार्यमा लाग्ने छु ।”
थापाले नेकपा एमाओवादीको जिल्ला सदस्य, बैद्य नेतृत्वको माओवादीको जिल्ला सदस्य, नेत्र बिक्रम चन्द ‘विप्लव’ माओवादीको जिल्ला सचिव रहेर काम गरेका थिए । सरकारले विप्लव माओवादीलाई प्रतिबन्ध लगाएपछि सुरक्षा निकायले जिल्लास्थित विप्लव माओवादीका कार्यकर्तालाई खोज्न थालेपछि थापाले पार्टी परित्याग गर्ने पहिलो व्यक्ति हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
असोज १६, २०८० मंगलबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार