१९ मंसिर २०७९, सोमबार

मन्त्रिपरिषद्का २१ निर्णय यस्ता छन् हेर्नुस [सूचीसहित]

प्रकाशित मिति :  ७ चैत्र २०७५, बिहीबार १९:२२


काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-भारत व्यापार र पारवाहनसम्बन्धी विषयमा छलफल गर्न वार्ता टोली गठन गर्नेदेखि लिएर राष्ट्रिय सुरक्षा नीति २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीवार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस्, यस्ता छन् निर्णय:

१. नेपाल–भारत व्यापार र पारवाहन सम्बन्धी विषयमा छलफल गर्न सहसचिव रविशंकर सैजुको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

२. जलस्रोतको उपयोग, व्यवस्थापन र नियमन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।

३. प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

४. कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरूका लागि १९ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

५. भारतीय सरकारी कम्पनी कोनकन रेल्वेज कोअपरेसन लिमिटेडमार्फत दुई सेटकाे  रू. ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँ (कररहित) मूल्यमा जि–टु–जि प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई स्वीकृति दिइएको छ ।

६. राष्ट्रिय सुरक्षा नीति, २०७५ स्वीकृत गरिएको छ ।

७. सोलु कोरिडोर १३२ के.भी. प्रशारणलाइनका लागि थप वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ ।

८. नेपाल सरकार र जापान सरकारबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरिएको छ ।

९. गोरखा दरबार हेरचार कार्यालय तथा संग्रहालय, गोरखा, नुवाकोट दरबार हेरचार कार्यालय तथा संग्रहालय, नुवाकोट, मनकामना क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समितिलाई संघ अन्तर्गत राख्ने निर्णय गरिएको छ । त्यस्तै पाल्पा दरबार संग्रहालयलाई प्रदेश नं ५ अन्तर्गत र शहीद स्मारक प्रकृति प्रतिष्ठान, थानकोटलाई प्रदेश नं ३ अन्तर्गत राखी व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

१०. सूचना प्रविधि पार्कको जग्गा तथा भवन सुरक्षण मुद्रण विकास समितिलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।

११. चलचित्र विकास बोर्डको अध्यक्ष पदमा श्री केशव भट्टराईलाई मनोनयन गरिएको छ ।

१२. स्वास्थ्य बीमा नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

१३. चिकित्सकीय कानुनी (मेडिको लिगल) सेवा सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।

१४. पत्रकार वृत्तिकोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।

१५. एकल विन्दु सेवा केन्द्र स्थापना तथा सञ्चालन गर्ने बारेको सुचना प्रकाशन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

१६. औद्योगिक व्यवसाय नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

१७. कर्जा सुरक्षण (पहिलो संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

१८. नेपाल पत्रकार महासंघ (चौथो संशोधन) विधान, २०७३ स्वीकृत गरिएको छ ।

१९. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

२०. औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।

२१. विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन नियमावली, २०७५ स्वीकृत गरिएको छ ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा