११ मंसिर २०७८, शनिबार

गुएइदोका सेना प्रमुख पक्राउ

प्रकाशित मिति :  ७ चैत्र २०७५, बिहीबार २०:३३


काठमाडौं । भेनेजुयलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुवाँ गुएइदोका सेना प्रमुख रोबेर्टो मारेरोलाई भेनेजुयलाका सरकारी अधिकारीले पक्राउ गरेका छन् ।

अमेरिका, यूरोपलगायतका अन्य केही मुलुकहरूद्वारा मान्यताप्राप्त नेता गुएइदो तथा विपक्षी दलले ट्वीटरमार्फत दिएको जानकारी अनुसार मारेरोलाई बिहीबार बिहानै निजको घरबाटै भेनेजुयली अधिकारीले पक्राउ गरी लगेकाे गुएइदोले बताए ।

यस्तै मारेरोले पनि आफ्नै आवाजमा रेकर्ड भएको सन्देश सामाजिक सञ्जालमा पोष्ट गरी सरकारी गुप्तचर अधिकारीले आफूलाई पक्राउ गरेको जानकारी गराए ।

संयुक्त राज्य अमेरिकाले भेनेजुयली राष्ट्रपति निकोलास मदुरोको सरकारलाई राजनीतिक अधिकारका लागि आन्दोलनरत विपक्षी नेता गुएइदो तथा उहाँका सहयोगीलाई पक्राउ नगर्न पटक पटक दिएको चेतावनीका बाबजुद मारेरोलाई पक्राउ गरिएको हो । मारेरोको पक्राउपछि उनको अवस्थाबारे सरकारले औपचारिक रूपमा जानकारी गराएको छैन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा