वैतडीमा नेकपा र राप्रपाका ११० जना कांग्रेसमा प्रबेश
इन्द्र रिजाल
चैत ७, २०७५ शुक्रबार ४:२०:२०
काठमाडौं । यतिबेला संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा प्रबेश गर्नेहरुको लर्को लागेको छ । कम्युनिस्ट सरकार धेरै नै बदनाम भएको बेलामा राम्रो पार्टि भनेकै नेपाली कांग्रेस हो भन्दै कांग्रेसमा प्रबेश गर्नेको लर्को लागेको हो ।
आजको कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिस्ट शासनको १ बर्षमा नै जनता निरास भएको बताएका छन्।नेपाली कांग्रेस जिल्ला कार्य समिती बैतडीले शिबनाथ गाउँपालिकामा आयोजित अन्तर्कृया कार्यक्रममा बोल्दै लेखकले जनतालाई निरास बनाउने कम्युनिष्टसँग जनता धेरै दिन नटिक्ने बताए। उनले जनताको आकर्षण कांग्रेसप्रती बढदै गएको बताए।
जिल्लाभरका स्थानिय तहको अन्तरक्रियाका क्रममा शिवनाथ पुगेका लेखकले कम्युनिस्टका कारण देश द्वन्दको भुमरीमा जान्छ कि भन्न्र चिन्ता लागेको बताए। कम्युनिस्ट सरकार बिकास बिरोधी भएका कारण पनि देशमा विकास हुन नसकेको उल्लेख गर्दै कांग्रेसले शुरूवात गरेका बिकास निर्माणका कार्य समेत सरकारको निर्देशनमा रोकिएको बताए।
कार्यक्रममा राप्रपा जिल्ला सदस्य राजु देवी साउद लगायत राप्रपा र नेकपा परित्याग गरि ११० जना नेपाली कांग्रेसमा प्रबेश गरेका थिए। नवप्रवेशीहरुलाई लेखकले पार्टीमा स्वागत गरे। लेखकले कम्युनिष्ट मुक्त देश बनाउने अअभियानमा सहकार्य गर्न सबै नवप्रवेशीहरुलाई आग्रह गरे।
कांग्रेस जिल्ला कार्य समिती वैतडीका सभापति नरेन्द्र सिंह थापाको सभापतित्वमा भएको कार्यक्रममा स्थानिय नेताहरु शिबराज भट्ट, चतुर बहादुर चन्द, कर्ण सिंह साउद, बिष्णुदत्त जोशीले आफ्नो धारणा राखेका थिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार