६ कार्तिक २०७८, शनिबार

कोरियाली भाषा परीक्षा आवेदन खुल्यो

प्रकाशित मिति :  ८ चैत्र २०७५, शुक्रबार ०७:४३


काठमाडौं । रोजगार अनुमति प्रणाली ‘इपिएस’ अन्तर्गत आज शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।

अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९–ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइटबाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ ।

पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

जापानसँग सम्झौता हुँदै
नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौत गर्ने भएको छ ।  १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी ‘एमओसी’ मा हस्ताक्षर हुने भएको हो ।

एमओसी नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहाल र जापानका ४ वटा मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गर्नेछन् ।

नयाँ भिषा श्रेणी अन्तर्गत आगामी अप्रिलदेखि वृद्धवृद्धा स्याहारसुसार, कृषि, निर्माणसहितका १४ वटा क्षेत्रमा १८ वर्ष उमेर पुगेका करीब ४ लाख विदेशी कामदार जापानले लैजानेछ । यसमा नेपालले पाउने कोटा भने तय भइसकेको छैन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा