६ कार्तिक २०७८, शनिबार

पाँच सय गाडीको ¥यालीसहितको विश्व रेकर्ड

प्रकाशित मिति :  ८ चैत्र २०७५, शुक्रबार ११:५९


काठमाडौं । भारतमा कुम्भ मेला विषेश गाडीको लामो ¥याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ ।
कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।

यस अगाडि यसैगरी सबैभन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।

भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ ।

युपिएसआरटीसीले सबै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो । एजेन्सी


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा