६ कार्तिक २०७८, शनिबार
विकास बैंक

गरिमा बिकास बैंकले खोल्यो कुमारीपार्टीमा नयाँ शाखा

प्रकाशित मिति :  ८ चैत्र २०७५, शुक्रबार १२:२१


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ललितपुरको कुमारीपाटीमा नयाँ शाखा स्थापना गरेको छ । आक्रामक रुपमा शाखा विस्तार गदै आएको गरिमाको उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका छन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन । गरिमाले छिट्टै नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुलसीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्दैछ ।

बैंकले आर्थिक बर्ष २०७५ चैत्र ६ गतेसम्म रु.२८ अर्ब ७५ करोड निक्षेप संकलन गरी रु.२५ अर्ब १५ करोड कर्जा लगानी गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा