किन निस्किए कांग्रेस नेता पौडेल र सिंह देश दौडाहामा ?

इन्द्र रिजाल
चैत ८, २०७५ शुक्रबार २०:८:४६

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका प्रमुख नेताहरु फेरि देश दौडाहामा निस्किएका छन् । फागुनको अन्तिम साता पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइराला, रमेश लेखक लगायतका नेताहरु देश दौडाहामा निस्किएका थिए ।
सबै नेताहरु चैत ४ गतेको केन्द्रीय कार्यसमिति बैठकका लागि काठमाडौं फर्केका थिए । चैत ४ र ५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको अनुसाशन समिति, निर्वाचन समिति, पार्टी नियमावली मस्यौँदा समति गठन पनि भयो ।
जुन कुराले पछिल्लो समय कांग्रेसमा आन्तरिक द्धन्द्ध उत्कर्षमा पुगेको थियो । तर अन्ततः भागबन्डाका आधारमा सो समिति गठनको विवाद टुँगिएको छ । यद्यपि, प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति ल्याउने कुराको विवाद भने कायमै छ । तर नेताहरु फेरि देश दौडाहामा निस्किएका छन् ।
वरिष्ठ नेता पौडेल आजबाटै चैत १३ गतेसम्मका लागि पूर्वी जिल्लाको भ्रमणमा निस्कएका हुन् । उनका साथमा केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी, पूर्व सांसद रेशम बानियाँलगायतका नेताहरु रहेका छन् ।
उनी सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायतका जिल्लामा आयोजित विभिन्न कार्यक्रमा सहभागी हुनेछन् । पौडेल चैतको ८ देखि १३ गतेसम्म पूर्वी जिल्लाको भ्रमणमा गएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
उनले चैत ८ गते नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिहरूको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसैगरी पौडेलको चैत ९ गते सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनी चैत १० गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले मलंगवामा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चैत ११ गते सर्लाही जिल्लामा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुका साथै पौडेल सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् ।
यस्तै पौडेल चैत १२ गते महोत्तरीमा कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर रात्रीबास बस्न जनकपुर जाने छन् । १३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा शहिदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र शहिद रामसेवक यादवको शालिक अनावरण कार्यक्रम रहेको छ ।
सोही दिनको राती ९ बजे उनी काठमाडौं फर्किने छन् । यता पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि चैत १० गतेबाट देश दौडाहामा निस्किने भएका छन् । नेता सिंह आइतबारबाट पूर्वी जिल्लाहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङमाको भ्रमणमा जाने उनका प्रेस सहयोगी युपि लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार चैत्र १० गते नेपाली कांग्रेस झापाको आयोजनामा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् । यस्तै सोमबार ईलाम, मंगलबार पाँचथर र बुधबार ताप्लेजुङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
नेता सिंहसँगै केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं र काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया पनि टोलीमा रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल एयरलाइन्सबाट विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो, अध्यक्ष अधिकारीको जागिर पनि धरापमा
मंसिर १५, २०८० शुक्रबार
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा १० अर्बको भ्रष्टाचार, क-कसले लिए पैसा ?
मंसिर १५, २०८० शुक्रबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
मंसिर १५, २०८० शुक्रबार
असहाय र जेष्ठ नागरिकको अभिभावक बन्दै दमक नगरपालिका
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद समाधान गर्न शेखर कोइराला तयार
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
राजतन्त्र बारे गणतन्त्रवादीले जवाफ दिनुपर्ने प्रश्न
बद्रीनरसिंह के.सी.
मंसिर १५, २०८० शुक्रबार
उस्तै अर्थनीति फरक दल : रास्वपाको उदार अर्थनीति क्रोनिक र दलाल अर्थनीति भन्दा फरक होला ?
मंसिर १६, २०८० शनिबार
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु , बसमा आगो लगाएर प्रदर्शनमा उत्रिए स्थानीय
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
मंसिर १६, २०८० शनिबार
वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
काठमाडौंमा चाँडै पानी ल्याउन मेलम्ची पुगे मन्त्री यादव
मंसिर १६, २०८० शनिबार
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
मंसिर १६, २०८० शनिबार