६ कार्तिक २०७८, शनिबार

अर्थशास्त्री प्रा.डा.मदनकुमार दाहालको निधन

प्रकाशित मिति :  ८ चैत्र २०७५, शुक्रबार १५:३२


काठमाडौं । अर्थशास्त्री प्रा.डा.मदनकुमार दाहालको निधन भएको छ । दाहालको उपचारको क्रममा केएमसीमा निधन भएको हो । उनको स्वास्थ्यमा पेनक्रियाज अब्ट्रक्सनको समस्या थियो ।

उनलाई जन्डिस पनि भएको थियो । शुक्रबार दिउँसो १ बजे उनको उपचारकै क्रममा निधन भएको हो । पारिवारिक श्रोतका अनुसार उनलाई एक हप्ताभन्दा अघिदेखि अस्पताल भर्ना गरिएको थियो । सफल शल्यक्रिया भएपनि स्वास्थ्यमा सुधार हुन सकेको थिएन ।

दाहाल लामो समय त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभाग प्रमुख थिए । कर आयोगका अध्यक्ष समेत भएका उनी मेगा बैंकमा अध्यक्ष समेत बनेका थिए ।

अर्थशास्त्रीहरुको संगठन नेपाल आर्थिक संघमा पनि उनले नेतृत्वमा बसेर काम गरेका थिए । स्वर्गीय दाहालको आज अपरान्हमा पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा