चितवनमा आगालागी हुँदा एक बालकको मृत्यु
इन्द्र रिजाल
चैत ८, २०७५ शनिबार ०:६:३९
मुग्लिन । चितवनको इच्छाकामनामा आगालागी हुँदा एक बालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ फौदतमा आगालागीमा परी रामचन्द्र चेपाङका छ महीने छोरा शिव चेपाङको मृत्यु भएको हो ।
आगालागीले तीन घरसमेत जलेर नष्ट भएका छन् । रामचन्द्र, रामकृष्ण चेपाङ र दीपक चेपाङका घर पूर्णरुपमा जलेर नष्ट भएको आधारभूत विद्यालय मैतेसका शिक्षक ज्ञानबहादुर प्रजाले जानकारी दिए ।
शिक्षक प्रजाका अनुसार आगालागी आज अपराह्न २ बजेको समयमा भएको बताइएको छ । स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिए । घटनास्थल विकट र टाढा रहेकाले ढिला गरी खबर प्राप्त भएको बुढाथोकीले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपऔषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार