८ कार्तिक २०७८, सोमबार

भारत ‘साफ’ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल

प्रकाशित मिति :  ८ चैत्र २०७५, शुक्रबार १८:२८


विराटनगर । भारतले पाँचौं पटक दक्षिण एसियाली फुटबल ‘साफ’ महिला च्याम्पियनसिपको उपाधि उचालेको छ। विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा नेपाललाई ३-१ ले पराजित गर्दै भारत उपाधि जित्न सफल भएको हो ।

नेपाल भने यसपटक पनि उपविजेतामा नै सिमित भएको छ । नेपाल लगातार साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै आएको छ।अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोरेको थियो ।

निकै नै रोमाञ्चक बनेको खेलमा भारतलाई जिताउन डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन् । नेपालको तर्फबाट एकमात्र गोल सावित्रा भण्डारीले फर्काएकी हुन्।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा