१९ मंसिर २०७९, सोमबार
राजनीति

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ बहुमतले पारित

प्रकाशित मिति :  ८ चैत्र २०७५, शुक्रबार १९:३४


काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राखेको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गरेका हुन्।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेश गरेका हुन् ।

विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘विज्ञापन ‘नियमन गर्ने’ विधेयक, २०७५’ र ‘भू–उपयोग विधेयक, २०७५’ प्रतिनिधिसभाबाट आएको सन्देशसहितको प्रतिवेदन पेश गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक चैत १० गते आइतबार ११ बजे बस्ने भएको छ ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा