६ कार्तिक २०७८, शनिबार

शिक्षामन्त्रीको स्वास्थ्यमा सुधार

प्रकाशित मिति :  ८ चैत्र २०७५, शुक्रबार २१:१७


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्वास्थ्यमा सुधार आएको छ ।

ललितपुरस्थित पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचाररत रहेका उनको स्वास्थ्यमा सुधार भइरहेको उनका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । पेट दुख्ने समस्या भएपछि मन्त्री पोखरेल बिहीबार अस्पताल भर्ना भएका थिए ।

उनको उपचारमा प्रतिष्ठानका रजिष्ट्रार डा पीताम्बर अधिकारीको समूह संलग्न रहेको छ । शुरुमा मध्यबानेश्वरस्थित भरोसा अस्पतालमा उपचार गराएपछि पुनः स्वास्थ्यमा समस्या अएपछि उनी पाटन अस्पताल भर्ना भएका थिए । अहिले उनको सामान्य शय्यामा राखी उपचार भइरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा