३ कार्तिक २०७८, बुधबार
खोज / विशेष

आजबाट आईपीएल सुरु, उद्घाटन खेलमा चेन्नई र बैंगलोर भिड्दै

प्रकाशित मिति :  ९ चैत्र २०७५, शनिबार ०७:४०


एजेन्सी । बहुचर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग ‘आईपीएल’ को १२ औं संस्करण आज ‘शनिबार’बाट सुरु हुँदैछ ।

चेन्नईमा शनिबार साबिकको विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलसंगै आईपीएलको नयाँ सिजनको सुरुवात हुनेछ । चेन्नई र बैंगलोरबीचको उद्घाटन खेल नेपाली समय अनुसार राति ८: १५ मा सुरु हुनेछ ।

चेन्नई भारतका पुर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने छन् । बैंगलोर भारतीय कप्तान विराट कोहलीको कप्तानीमा हुनेछ ।दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । चेन्नई उपाधि रक्षाको योजनामा रहदा बैंगलोर गत सिजन फाइनलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । डबल राउण्ड रोबिन लिगको आधारमा संचालन हुने लिगको शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले भने आइतबार पहिलो खेल खेल्नेछ । पहिलो खेलमा दिल्लीले मुम्बई ईण्डियन्ससंग खेल्नेछ ।

आईपीएलमा यस सिजन चेन्नई सुपर किङ्स, सनराईजर्स हैदरावाद,रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजेस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कलकता नाइटराइडर्स र मुम्बई इन्डियन्स रहेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता