१२ जेष्ठ २०७९, बिहीबार

दिल्लीको तापक्रम उच्च, वायुको गुणस्तर न्यून

प्रकाशित मिति :  ९ चैत्र २०७५, शनिबार ०९:०१


नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली र यस वरपरका क्षेत्रमा वायुको तापक्रममा उच्च वृद्धि भएको छ । नयाँ दिल्लीसहित गुरुग्राम, फरिदावाद, नोयडा, गाजिआबाद लगायतका ठाउँमा गत बुधबारसम्ममा सामान्य तापक्रम रहेकोमा गत ७२ घण्टामा अत्यधिक तापक्रम वृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।

मौसम विभागले दिएको जानकारी अनुसार बिहीबार बिहानको तापक्रम ३१ डिग्रि सेल्सियस थियो भने शुक्रबार बिहानको तापक्रम अझ बढेर ३२ डिग्री सेल्सियस पुगेको थियो ।

मार्च महिनाको अन्त्यसम्ममा यस क्षेत्रको तापक्रम ३६ डिग्री सेल्सियस पुग्ने अनुमान मौसमविद्हरुले गरेका छन् । उनीहरुले अप्रिलको दोस्रो हप्तासम्ममा त्यो तापक्रम बढेर ४० डिग्रीसम्म पुग्न सक्ने बताएका छन् ।

तापक्रम बृद्धिसँगै वायुको गुणस्तर पनि कमजोर हुँदै गएको छ । दिन प्रतिदिन वायुको गुणस्तर खस्किदै गएको अधिकारीहरूले जनाएका छन् ।

खस्किएको वायुको गुणस्तर र तापक्रमको बृद्धिले बालबालिका र वृद्धवृद्धाहरूलाई बढी असर पर्ने भएकाले ख्याल गर्न विज्ञहरूले आग्रह गरेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा