काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा सुधार आएको छ। अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका सिटौलाको स्वास्थ्यमा सुधार आएको अस्पताल स्रोतले जनाएको छ ।
शुक्रबार बेलुकी रक्तचाप ह्वात्तै घटेपछि उनलाई काठमाडौं धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल पुर्याइएको थियो । नेता सिटौलाकाे शरिरमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेपछि आईसीयूमा राखेर उपचार भइरहेको छ।
शरीरमा रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइएको छ।