११ कार्तिक २०७८, बिहीबार
प्रवास

मलेसियामा अलपत्र नेपालीलाई स्वदेश फर्काइयो

प्रकाशित मिति :  ९ चैत्र २०७५, शनिबार ०९:४९


काठमाडौं । मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार गरी स्वदेश फर्काएको हो ।

गत फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट छ र बिहीबार जोहरवारु घर फिर्ती केन्द्रबाट १० जना नेपालीको उद्धार गरी नेपाल पठाइएको दूतावासले जनाएको छ ।

अलपत्र नेपालीको उद्धार गर्ने बहानामा पीडितको परिवारबाट ठूलो रकम उठाउने र रकम लिई सम्पर्कविहीन हुने घटना बढेको भन्दै दूतावासले अपरिचत र अनधिकृत व्यक्तिलाई आफन्त उद्धार गर्ने नाममा नेपालमा रकम नबुझाउन अनुरोध गरेको छ ।

कारागारमा परेका व्यक्तिको कानूनी उपचारमा लाग्ने खर्च नेपालबाट पठाउँदा परराष्ट्र मन्त्रालयमार्फत पठाउनसमेत दूतावासले आग्रह गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा